फिनल्याण्डको स्थानीय निर्वाचनमा सञ्चारकर्मी ताम्राकारकी छोरीको उम्मेदवारी

प्रकाशित मिति: २८ फाल्गुन २०७३, शनिबार ०९:२८


काठमाडौं, फागुन २८ ।
आगामी अप्रिल ९ मा फिनल्याण्डमा हुन गइरहेको स्थानीय चुनावमा नेपाली मूलकी एक महिलाले उम्मेदवारी दिएकी छन् । फिनल्याण्डमा करिब २५ वर्षदेखि बसोबास गर्दै आएकी ब्योमा ताम्राकारले उम्मेदवारी दिएकी हुन् । उनी ‘स्वीडिस पिपुल्स पार्टी’सँग आबद्ध रहेकी छन् भने उनले हेलसिन्की क्षेत्रबाट उम्मेदवारी दिएकी थिइन् । फिनल्याण्डमा करिब एक हजार नेपाली बसोबास गर्दै आएका छन् ।

ताम्राकारले नेपाल र फिनल्याण्डका विभिन्न प्राज्ञिक तथा व्यावसायिक क्षेत्रमा कामसमेत गरेकी छन् । उनी रेडियो नेपालका वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारकी छोरी हुन् ।

जुनसुकै भिषामा स्थायी रूपमा लगातार दुई वर्ष बसोबास गरेको व्यक्तिले फिनिस स्थानीय निर्वाचनमा मतदान गर्न पाउँछन् । फिनल्याण्डमा प्रत्येक चार/चार वर्षमा स्थानीय निर्वाचन हुन्छ ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....