राष्ट्रपति भण्डारीद्वारा होलीको शुभकामना

प्रकाशित मिति: २९ फाल्गुन २०७३, आईतवार ०६:५६


काठमाडौं, फागुन २९ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीले हर्षोल्लासपूर्वक रङहरूमा रमाएर मनाइने नेपालीको महान् पर्व फागु पूर्णिमा जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम सङ्गमका रूपमा रहेको हाम्रो मुलुकमा यस पर्वलाई सबै नेपालीले खुसी र मनोरञ्जन साटासाट गर्न प्रेरणा प्रदान गर्ने बताएकी छन् ।

फागु पूर्णिमाको अवसरमा राष्ट्रपति भण्डारीले एक शुभकामना सन्देश दिँदै विभिन्न रङहरूमा रङ्गिएर हर्षोल्लासपूर्वक धुमधामले मनाउने यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव कायम गर्दै एकताको सन्देशसहित हामीबीच बन्धुत्व, पारस्परिकता र राष्ट्रिय एकता कायम राख्न मद्दत पुर्‍याउँदै आएको बताइन् ।

मुलुकमा मनाइने यी र यस्ता विविध चाडपर्व र संस्कृतिहरूको संरक्षण तथा संवद्र्धन गर्दै समृद्धितर्फको यात्रा तय गर्नु हाम्रो वर्तमानको दायित्वसमेत रहेको उनको भनार्इ छ ।

राष्ट्रपतिले यस महान् पर्वले सबै नेपालीमा खुसीका रङहरू छर्दै नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाउन सकोस् र सबै नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्दै सबै चाडपर्व, भाषा, भेषभूषा, संस्कृति एवं परम्पराको संरक्षण र संवद्र्धन गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....