वर्तमान सरकार नेपालको नभई विदेशबाट सञ्चालित सरकार : अध्यक्ष ओली

प्रकाशित मिति: २९ फाल्गुन २०७३, आईतवार १७:४९


रूपन्देही, फागुन २९ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को जारी रहेको ‘मेची–महाकाली राष्ट्रिय अभियान’अन्तर्गत आज रूपन्देहीको भैरहवास्थित अञ्चलपुरमा आयोजित सभामा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार नेपालको नभई विदेशबाट सञ्चालित रहेको दाबी गरेका छन् ।

उनले भने, ‘यो सरकार नेपाल र नेपालीको होइन । विधिवत् रूपमा त संसद्बाट बनाए जस्तो देखिन्छ । तर, चारतिर फर्केकाहरूलाई एउटै ठाउँमा ल्याएर टाउको जुधाएर मित लगाउने काम अर्कैले गरी दिएको छ ।

सरकारलाई देशका जनतासँग कुनै मतलब नै नभएको उनको आरोप थियो । आफू नेतृत्वको देशभक्त र विकासप्रेमी सरकार हटाएर अहिलेको सरकारले अन्तैका प्रभु रिझाउन मात्र व्यस्त बनेको गम्भीर आरोप लगाउँदै उनले यो सरकारले देशका लागि कुनै काम नगरेको दाबीसमेत गरे ।

देशलाई नोक्सान गर्न जडान गरिएको सरकारले देशको हितमा काम गर्ने हिम्मत नभएको भन्दै अध्यक्ष ओलीले सरकारमा बसिरहनुको औचित्य नभएको बताउँदै ‘सरकारमा किन बस्ने ? सरकार त हामी चलाउँछौँ ।’ उनले भने ।

‘मोर्चाका नेताहरू एमालेलाई तराई पस्न नदिने भन्छन्, डा. बाबुराम भट्टराईलाई संकेत गर्दै ओलीले भने, ‘नयाँ शक्ति नामक भ्रष्ट बुद्धिजीवीहरूको संस्थाले पनि एमालेमुक्त नेपाल भनेर ट्वीट गरेछ । कसको दाना खाएर उनीहरू यस्तो गर्दैछन् ?’

उनले भने, ‘१३ जना बुहारी नेपालको सांसद् हुनुहुन्छ, एक जना बुहारी त मन्त्री हुनुहुन्छ, कांग्रेसको ठूलै नेता हुनुहुन्छ, ज्वाइँहरूको त कुरै नगरौँ । मन्त्री हुन पाँच वर्ष पनि पुग्न नपर्ने प्रस्ताव मानिन्न । नेपाली चेलीले भारतमा बिबाह गरेमा सात वर्ष कुर्नुपर्छ, यहाँ भने आएकै दिन नागरिकता पाइन्छ ।’


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....