एमाले–माओवादी गठबन्धनमा नयाँ शक्ति पनि सामेल हुने

काठमाडौं, असोज १७ ।
अगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको चुनावी तालमेलको तयारी गरी पार्टी एकतामा लागेका एमाले र
माओवादीसँग नयाँ शक्ति नेपाल पार्टी पनि सहभागी भएको छ । नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओलीलाई उनकै निवासमा भेटेर छलफल गरेपछि भट्टराई तालमेल र एकता प्रक्रियामा सहभागी हुने भएका हुन् ।
डा.भट्टराईले ओलीलाई बालकोट पुगेर भेटेपछि सिंहदरबारमा तीन दलका नेताबीच छलफल सुरु भएको भट्टराईका सचिव विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।
आजै पाँच बजे एमाले र माओवादीबीच तालमेलका बारे जानकारी दिन राष्ट्रिय सभागृहमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
प्रतिक्रिया