निर्वाचनको मुखमा चुनावी गठबन्धन अस्वभाविक भएको काँग्रेसको टिप्पणी

प्रकाशित मिति: १८ आश्विन २०७४, बुधबार ०७:५७


काठमाडौं, असोज १८ ।
सत्तारुढ दल नेपाली काँग्रेसले निर्वाचनको संघारमा कम्युनस्टि पार्टीहरूबीच चुनावी गठबन्धनको घोषणालाई अस्वभाविक कदम भएको ठहर गरेको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँशक्तिबीच मंगलबार भएको चुनावी गठबन्धन र पार्टी एकीकरणको पहलको कदमबाट काँग्रेसले आगामी निर्वाचनमा बाधा पर्न सक्ने आशंका व्यक्त गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेसका शीर्ष तथा प्रभावशाली केन्द्रीय सदस्यहरूको मंगलबार बसेको बैठकले कम्युनिस्ट पार्टीहरूबीच भएको एकताको कदमलाई अस्वभाविकरूपमा लिएको नेता विमलेन्द्र निधिले जानकारी दिएका छन् ।

सत्तामा रहेको माओवादी केन्द्रले लिएको कदमलाई नेता निधिले गम्भीर एतिहासिक राजनीतिक भुल भएको बताए । यस कदमले माओवादीलाई राजनीतिकरूपमा ठूलो क्षति हुने उनको भनाइ रहेको छ ।

पछिल्लो राजनीतिक परिस्थितिका बारेमा प्रधानमन्त्री देउवाले मंगलबार संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, नेपाल लोकतान्त्रिक फोरमकाका अध्यक्ष विजयकुमार गच्छदारसँग छलफल गरेका छन् भने आज बिहान राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणा, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलगायतसँग परामर्श गर्नेछ ।

तीन दलको चुनावी तालमेलले नेपालको लोकतन्त्र र राष्ट्रवादी शक्तिहरूलाई एकातिर गम्भीर चुनौती थपिएको छ भने अर्कोतिर एक ठाउँमा उभिने अवसर पनि मिलेको नेता निधिको भनाइ छ ।

काँग्रेसले परिवर्तित राजनीतिक विषयमा छलफल गर्न आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत बोलाएको छ ।

 


प्रतिक्रिया

ताजा खबर

More

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा ३१ वर्षीय युवक पक्राउ

काठमाडाैं, असार ३ । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका-९.....