रक्सीले टिल्ल भएर श्रीमानद्धारा निर्घात कुटपिट, बढ्दै महिलाहिंसाका घटना

प्रकाशित मिति: १८ आश्विन २०७४, बुधबार १२:३६


काठमाडौं, असोज १८ ।
भक्तपुर दुवाकोटमा डेरा गरि बस्दै आएका रमिलालाई उनका श्रीमान टेकबहादुरले दिउँसै रक्सीले टिल्ल भएर कोठाभित्र बसिरहेकी रमिलालाई ढोका थुनेर रक्ताम्य हुने गरी कुटपिट गरेका छन् ।

सोमबार भक्तपुरमा भएको उक्त घटनामा छिमेकीले रोक्न खोज्दापनि जोड नचलेपछि प्रहरी बोलाएर स्थीती नियन्त्रणमा लिएका थिए ।

लामो समयदेखि रमिला र उनका श्रीमानबीच राम्रो सम्बन्ध नभएको स्थानीयले बताएका छन् । खोटाङ स्थायी घर भएका उनीहरू दुवाकोटमा डेरा गरि बस्दै आएका थिए ।

५ वर्षअघि टेकबहादुरसँग प्रेम विवाह गरेकी रमिलाको दैनिकी यसरी नै बित्ने गरेको छ । टेकबहादुरले दिनहुँ मदिरा सेवन गरेर आउने र आफुलाई शारिरीक तथा मानसिक यातना दिने गरेको रमिलाको आरोप छ ।

दिनरात श्रीमानको प्रताडना सहन नसक्ने र आफुले छुट्टै बस्न चाहेको रमिलाले बताइन् । श्रीमानकै कारण छरछिमेकमा बदनामी भएको र अबदेखि श्रीमानसँगको सबै सम्बन्धबाट अलग हुने बताएकी छन् ।

रमिला राईको दर्दनाक पिडा घरेलु हिंसाको एउटा उदारण मात्र हो । पछिल्लो समय यसप्रकारमा महिला हिंसाका घटना दिनानुदिन बढ्दै गएका छन् । दिनदहाडै मादकपदार्थ सेवन गरेर श्रीमतीलाई शारिरीक तथा मानशिक यातना दिने टेकबहादुर जस्ता अपराधीहरु कानुनको दायरामा आउन सकेका छैनन् ।

पछिल्लो समय मुलुकमा महिला हिंसाविरुद्ध बिभिन्न अभियान संचालनमा छन् । दर्जनौँ सङ्घ संस्था लागिपरेका महिला मुक्तिका लागि क्रियाशील छन् । महिला अधिकारकर्मी, कानुन पेशा कर्मी, समाजसेवी तथा महिला हिंसाका विरुद्ध खोलिएका दर्जनौ संघ संगठन भए पनि दिनदहाडै रमिला माथिको आक्रमण जस्ता घटनाहरूमा वृद्धि भइरहेका छन् ।

सामाजिक इज्जत, प्रतिष्ठा तथा घरपरिवारको डरका कारण सकेसम्म महिलाहरू आफूमाथिका हिंसाका घटना बाहिर ल्याउन चाहँदैनन् । अझ घरेलु हिंसाविरुद्धको उजुरीमा महिलाहरूले ठूलो त्रास खेप्नुपर्ने स्थिति छ । त्यसैले समाधानको कुनै विकल्प नभेटिएपछि मात्र यस्ता घटना सार्वजनिक हुने गरेको पाइन्छ । यद्यपि विगतको तुलनामा अहिले महिला हिंसाका घटनामा उजुरी गर्ने क्रममा वृद्धि भएको छ ।

 


प्रतिक्रिया

ताजा खबर

More

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा ३१ वर्षीय युवक पक्राउ

काठमाडाैं, असार ३ । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका-९.....