वृहत्त लोकतान्त्रिक शक्तिबीच तालमेल गर्न कांग्रेसले थाल्यो कार्य, छलफलका लागि साढे ४ बजे बैठक

काठमाडौं, असोज १८ ।
नेपाली कांग्रेसले आगामी चुनावमा वृहत्त लोकतान्त्रिक शक्तिबीच तालमेल गरी अघि बढ्ने निर्णय गरेको छ । आज बसेको कांग्रेसको कार्यसम्पादन समिति बैठकले चुनावी तालमेलका विषयमा छलफल गर्न आजै दिउँसो साढे ४ बजे राजपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, कमल थापा नेतृत्वको राप्रपा र पशुपति शम्सेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकलाई बोलाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यव्यवस्था समिति बैठकले छरिएर रहेका वृहत्त लोकतान्त्रिक शक्तिहरूलाई एकीकरण गरेर लैजाने निर्णय गरेको कांग्रेस नेता अर्जुननरसिंह केसीले जनाएका छन् । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै वाम एकता भएसँगै कांग्रेसले पनि वृहत्त लोकतान्त्रिक शक्तिबीच एकताको अभियान थालेको हो ।
प्रतिक्रिया