सीमा अतिक्रमण गरी नेपाली युवा मार्ने भारतीय व्यावहार अक्षम्य : अध्यक्ष वैद्य

काठमाडौं, फागुन ३० ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी)ले नेपाल भित्रै प्रवेश गरेर नेपाली युवाको हत्या गर्ने र सीमा अतिक्रमण गर्ने भारतीयको व्यावहार अक्षम्य रहेको जनाएको छ ।
सो पार्टीको केन्द्रीय सचिवालयको बैठकपछि आइतबार एक विज्ञप्ति जारी गरी भारतीय पक्षको ज्यादतीविरुद्ध आगामी चैत्र ५ गते देशव्यापी रूपमा विरोध गर्नेसमेत विज्ञप्तिमा जनाएको छ ।
अध्यक्ष वैद्यले जारी गर्नुभएको विज्ञप्तिमा विशेष, संरक्षित क्षेत्र र स्थानीय स्वायत्ततापछि मात्रै स्थानीय तहको निर्वाचन गर्नु उपर्युक्त हुने उल्लेख गरेका छन् ।
बैठकले राष्ट्रियता, जनतन्त्र एवं जनजीविकाको पक्षमा विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ भने नेपाल–भारत सीमा क्षेत्रमा भारतीय पक्षले गरेको ज्यादतीको भारत सरकारबाट माफी माग्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया