बाम एकताले कांग्रेसलाई कुनै असर पर्दैन् : महामन्त्री डा.कोइराला

प्रकाशित मिति: १८ आश्विन २०७४, बुधबार १८:४५


नवलपरासी, असोज १८ ।
नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले बाम एकताले नेपाली कांग्रेसलाई कुनै पनि असर नपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन नवलपरासीले आज कवासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चुनावको समयमा विचार मिल्ने शक्तिबीच एकता हुनु स्वभाविक भएको टिप्पणी गरेका छन् ।

महामन्त्री डा.कोइरालाले अब कांग्रेसले पार्टीभित्रको सांगठनिक र वैचारिक एकतालाई मजबूत बनाएर आगामी निर्वाचनमा लोकतन्त्रवादी शक्तिसँग सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिदैं आगामी चुनावमा योजनाबद्ध र जनताको आकाक्षा अनुरूपका कार्यक्रम समावेश गरेर समृद्ध नेपालको स्पष्ट योजनासहित चुनावमा होमिन पार्टीका सबै कार्यकर्तालाई निर्देशन दिए ।

अबको पहिलो मन्त्रिपरिषद्को बैठकमा त्रिवेणी सुस्तापूर्वको भागलाई नवलपुर जिल्ला र सदरमुकाम कावासोती राख्ने विषयमा कुरा उठाउन पहल गर्ने बताउँदै उनले आफू नवलपुर जिल्लाबाटै चुनाव लड्ने घोषणा गरे ।

महामन्त्री डा.कोइरालाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको सफल कार्यान्वयनका लागि आगामी निर्वाचन महत्वपूर्ण भएको उल्लेख गर्दै संविधानको सफल कार्यान्वयन र मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि आगामी निर्वाचनमा कांग्रेसलाई स्पष्ट बहुमतका साथ विजय गराउन सबैमा आग्रह गरे ।


प्रतिक्रिया

ताजा खबर

More

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा ३१ वर्षीय युवक पक्राउ

काठमाडाैं, असार ३ । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका-९.....