चुनावअघि नै देउवालाई हटाउन एमाले–माओवादीबीच आन्तरिक छलफल

प्रकाशित मिति: १९ आश्विन २०७४, बिहीबार ०७:३९


दाङ, असोज १९ ।

एमाले नेता शंकर पोखरेलले आसन्न संघ र प्रदेशसभा निर्वाचन अगाडि नै सरकार परिवर्तन हुने दाबी गरेका छन् ।

प्रेस चौतारी दाङले बुधबार गरेको पत्रकार सम्मेलनमा पोखरेलले मुलुकमा बामपन्थी नेतृत्वको सरकार जरुरी भएको बताए । पोखरेलले सरकार परिवर्तनबारे एमाले–माओवादीबीच आन्तरिक छलफल जारी रहेको खुलासा गरे ।

पोखरेलले चुनाव अगाडि नै नेपालमा एमालेको नेतृत्वमा बामपन्थी सरकार बन्ने र  बामपन्थी सरकार मुलुकको आवश्यकता भएको घारण राखेका छन् ।

फरक प्रसंगमा पोखरेलले एमाले–माओवादीबीचको चुनावी तालमले र एकताको वातावरण रातारात नबनेको भन्दै तत्कालिन केपी ओली नेतृत्वको सरकारदेखिकै सहकार्यको जगमा पछिल्लो सहमति बनेको टिप्पणी समेत गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा ३१ वर्षीय युवक पक्राउ

काठमाडाैं, असार ३ । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका-९.....