नेपालले टस जितेर बलिङ रोज्यो, पारस भने मैदान बाहिरै

प्रकाशित मिति: ३० फाल्गुन २०७३, सोमबार ०९:२२


काठमाडौं, फागुन ३० ।
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनशीपअन्तर्गत अहिले केहीँ बेरमा खेल सुरु हुँदैछ । आज केन्यासँगको दोश्रो खेलमा नेपालले जित्नै पर्ने दबाब रहेको छ । नेपालले अहिले टस जितेर बलिङ रोजेको छ ।

शनिबार ५ विकेटले पराजित हुँदै २ अंक गुमाएको नेपालले आज पुनः केन्यासँग प्रतिस्पर्धा गर्ने भएको हो । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सो खेलमा नेपालको हौसला बढाउन खेलप्रेमीहरू हजारौँको संख्या पुगिसकेका छन् । आजको मौसम सफा रहेका कारण ५० ओभरकै खेल हुने जनाएको छ ।

यसैबीच, आज पनि कप्तान पारस खड्का मैदान बाहिरै हुने भएका छन् । केही दिन अघि पेटको शल्यक्रिया गरेका पारसको स्वास्थ्य पूर्णतया स्वस्थ्य नभएकाले केन्यासँगको पहिलो खेलमा पनि उनी खेलेका थिएनन् । शनिबारको खेल हारेपछि नेपाल प्रतियोगिताको शीर्ष ४ मा रहने गणितीय सम्भावना मात्र बाँकी रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....