सरकारसँग राप्रपाले माग्यो १५ सिट, कुन कुन जिल्ला माग्यो ?

प्रकाशित मिति: १९ आश्विन २०७४, बिहीबार १५:५५


काठमाडौं, असोज १९ ।
प्रतिनिधिसभामा १५ र प्रदेश सभामा २५ सिट पाए नेपाली कांग्रेसको नेतृत्वमा गठन हुन लागेको लोकतान्त्रिक गठबन्धनमा सहभागी हुने कमल थापाको नेतृत्व रहेको राप्रपाले जनाएको छ ।

६ पार्टीको कार्यदलमा राप्रपाले बुद्धिमान तामाङलाई खटाएको बताएको छ । तर पनि कांग्रेसकै कारण पार्टी फुटेको र सरकारमा सहभागी गराउने सन्दर्भमा अपमानित गरेको आक्रोश बाँकी नै रहेकाले राप्रपा अध्यक्ष थापा एमाले र माओवादीका नेताहरूसँग पनि निरन्तर संवादमा रहेको उच्च स्रोतले जनाएको छ । राप्रपाले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा आफ्नो हैसियत प्रष्ट हुनुपर्ने राख्दै आएको छ ।

उसले कांग्रेस, संघीय समाजवादी फोरम र राजपापछिको चौथो हैसियत राप्रपाको रहेको दावी गरेको छ । स्रोतका अनुसार राप्रपाले प्रतिनिधिसभामा १५ र प्रदेश सभामा २५ सिट दावी गरेको छ ।

माओवादीले गठबन्धन भत्काएपछि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कमल थापा बुद्धिमान तामाङ र दिलनाथ गिरीलाई लिएर बुधवार बालुवाटार बैठकमा सहभागी भएका थिए ।

स्रोतका अनुुसार झापा, मकवानपुर, बाँके, धनुषा, पर्सा, सिरहा, सल्यान, दैलेख लगायतका जिल्लामा १र१ सिट राप्रपाले मागेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा ३१ वर्षीय युवक पक्राउ

काठमाडाैं, असार ३ । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका-९.....