भारतका लागि नेपाली राजदूत उपाध्यायद्वारा राजीनामा

काठमाडौं, असोज २० ।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिएका छन् ।
राजदूत उपाध्यायले सामाजिक जीवनमा फर्कनका लागि भन्दै आज पदबाट राजीनामा दिएको बताए । राजदूत उपाध्यायले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई राजीनामा बुझाउनु भएको हो ।
राजदूत उपाध्यायले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उनी राजनीतिमा फर्कनुहुने बताइएको छ ।
प्रतिक्रिया