राजिनामा स्वीकृत नहुँदै पूर्वडिआइजी नवराज सिलवाल एमालेमा प्रवेश

काठमाडौं, असोज २० ।
नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवाल एमालेमा प्रवेश गरेका छन् । आज काठमाडौंमा भएको एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाउँदै उनी एमाले प्रवेश गरेका हुन् ।
आफू प्रहरी महानिरीक्षक हुन पाउनुपर्ने जिकीर गर्दै सर्वोच्चमा दिएको निवेदन पनि आफ्नो पक्षमा फैसला नभएपछि उनले डीआईजीबाट राजीनामा दिएका थिए । प्रहरीले दिएको जानकारी अनुसार डिआइजी सिलवालको राजिनामा अझै स्वीकृत भएको छैन ।
यसअघि पनि सिलवालले दशैंको टीका एमााले अध्यक्ष केपी शर्मा ओलीको हातबाट लगाएका थिए ।
प्रतिक्रिया