बृहत् वाम एकताः समृद्धिको आधार

प्रकाशित मिति: २० आश्विन २०७४, शुक्रबार १८:२४


काठमाडौं, असोज २० ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टी नेपाल निकटका युवा संगठनले बृहत् वाम एकताले लामो समयदेखिको नेपाली जनताको भावनालाई सम्बोधन गरेको बताएका छन् ।

तीन वटै पार्टी निकटका युवा संगठनको आज बसेको संयुक्त बैठकले वाम एकतालाई सुदृढ र सक्रियतापूर्वक सफल बनाउन आ–आफ्नातर्फबाट योगदान गर्ने निर्णय गरेका छन् । नेपालको कम्युनिष्ट आन्दोलनले उठाउँदै आएको गणतन्त्र, संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व तथा आर्थिक–सामाजिक–सांस्कृतिक रूपान्तरणको विषयलाई एकता प्रक्रियाले सार्थक निष्कर्षमा पु¥याउने विश्वास युवा संगठनले गरेका छन् ।

राजनीतिक अधिकारको प्राप्तिपछि अबको बाटो विकास र समृद्धिको दिशामा गएको जनाउँदै उनीहरूले हालसम्मको परिवर्तनले प्रमाणित गरिसकेको विकास र समृद्धिको नेतृत्वसमेत कम्युनिस्ट एकताले मात्रै सम्भव रहेको ठहर गरेका छन् । एकता प्रक्रिया नेपाली समाजलाई समाजवादी लक्ष्यप्राप्तिका लागि कोसेढुंगा सावित हुने ठहर गर्दै युवा संगठनले एकता

प्रक्रियालाई ठोस निष्कर्षमा पु¥याउन पार्टी नेतृत्वलाई सार्थक सहयोग गर्ने र सक्रियतापूर्वक लाग्ने निर्णय गरेका छन् ।
बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा एकता प्रक्रियामा सहभागी हुन सम्पूर्ण वामपन्थी शक्ति र देशभक्तलाई आग्रह गरिएको छ । यसरी आग्रह गर्नेमा युवा संघ नेपालका अध्यक्ष राजीव पहारी, वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा र राष्ट्रिय युवा अभियानका अध्यक्ष कमल शाही हुन् ।


प्रतिक्रिया

ताजा खबर

More

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा ३१ वर्षीय युवक पक्राउ

काठमाडाैं, असार ३ । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका-९.....