परराष्ट्रमन्त्री महरासँग ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं, असोज २० ।
नेपालका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपिए)का नवनियुक्त प्रतिनिधि लुबान बाकीले आज उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई मन्त्रालयमा आयोजित कार्यक्रममा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
प्रमाणपत्र प्रस्तुतिपछि प्रमुख लुबानले परराष्ट्रमन्त्री महरालाई नेपालमा कोषको सहयोगमा सञ्चालित गतिविधिबारे जानकारी दिएका थिए ।
सो अवसरमा मन्त्री महराले आगामी दिनमा कोषको निरन्तर सहयोगको आवश्यकतामा जोड दिए । कोषले सन् १९७८ देखि नेपालमा काम गर्दै आएको छ । हालका कार्यक्रम यौन र प्रजनन स्वास्थ्य, वयष्क र युवा, लैङ्गिक समानता, महिला सशक्तीकरणलगायत क्षेत्रमा काम गर्दैआएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया