चुनावलाई प्रभावित पार्ने गतिविधि नगर्न सबैलाई आग्रह : निर्वाचन आयोग

प्रकाशित मिति: २१ आश्विन २०७४, शनिबार ११:३८


काठमाडौं, असोज २१ ।
निर्वाचन आयोगको आज बसेको बैठकले आगामी मंसिर १० र २१ गते हुने निर्वाचनलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रभावित वा असर गर्नेगरी कुनै पनि गतिविधि, क्रियाकलाप सञ्चालन नगर्न/नगराउन नेपाल सरकार, राजनीतिक दल र सरोकार भएका सबैमा आग्रह गरेको छ ।

आयोगले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति, समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचन प्रक्रियाको थालनी, मतपत्र छपाइलगायतका अत्यावश्यक कार्य प्रक्रिया चरणबद्धरूपमा अगाडि बढिरहेको जनाएको छ ।

त्यसैगरी, मतदाता शिक्षा, कर्मचारीको छनोट, निर्दे्शिका, कार्यविधिको तर्जुमा लगायतका तमाम कार्य सँगसँगै अगाडि बढिरहेको आयोगका प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा पूर्णरूपमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी, भयरहित, स्वतन्त्र, विश्वसनीय र धाँधलीरहित ढंगले सम्पन्न गर्न अहोरात्र आयोग खटिरहेको जनाउँदै निर्वाचन कार्यमा सघाउ पु¥याउन संबद्ध सबै सरोकार भएका, आम सर्वसाधारण र सञ्चार माध्यमसँग सहयोगका लागि आग्रह पनि गरिएको छ ।

 


प्रतिक्रिया

ताजा खबर

More

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा ३१ वर्षीय युवक पक्राउ

काठमाडाैं, असार ३ । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका-९.....