कांग्रेसले विगतमा उम्मेदवार भएका र बागी उम्मेदवारका समर्थकले टिकट नदिने निर्णय

काठमाडौं, असोज २१ ।
नेवपाली कांग्रेसले विगतमा स्थानीय तहको निर्वाचनमा उम्मेद्वार भएका तथा पार्टीलाई अन्तरघात गर्नैलाई प्रतिनिधिसभाको लागि उम्मेदवार नबनाउने निर्णय गरेको छ ।
त्यस्तै, कांग्रेसले अहिलेका समानुपातिक सांसद रहेकालाई आगामी निर्वाचनमा फेरि समानुपातिक उम्मेदवार नबनाउने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले मंसिरमा हुने संघ र प्रदेशको चुनावमा २०७० का समानुपातिक सांसदलाई उम्मेदवार नबनाउने निर्णय गरेको हो ।
आजको केन्द्रीय समिति बैठकमा महामन्त्री शशांक कोइरालाले समानुपातिक सांसदलाई फेरि समानुपातिक उम्मेदवार बनाउन नहुने प्रस्ताव गरेका थिए ।
स्थानीय तहमा आधिकारीक उम्मेदवारविरुद्ध बागी उठेका, बागी उम्मेदवारलाई समर्थन गरेका कांग्रेस नेतारकार्यकर्ताले पनि अब सांसदको टिकट पाउने छैनन् । कांग्रेसले यसअघि नै बागी उठ्नेलाई कारबाही गर्ने निर्णय गरेको थियो ।
केन्द्रीय समितिले मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनको टिकट वितरणका लागि संसदीय बोर्ड बनाउन सभापति शेरबहादुर देउवालाई जिम्मा दिने निर्णय पनि गरेको छ । पार्टी विधानमा संसदीय बोर्डले नै प्रतिनिधिसभाका सांसद उम्मेदवार चयन गर्नु पर्ने व्यवस्था छ ।
चुनावमा लोकतान्त्रिक शक्तिहरूबीच तालमेल गरेर जानुपर्ने आवाज पनि केन्द्रीय समितिमा उठेको थियो । बैठकमा बोल्ने अधिकांस केन्द्रीय सदस्यले एमाले माओवादी गठबन्धनपछि कांग्रेस आत्तिनु नहुने बताएका थिए ।
वाम गठबन्धनले कम्युनिष्ट विचारधारालाई बलियो बनाउने भन्दै अब कांग्रेसले लोकतन्त्रलाई बलियो बनाउन लाग्नुपर्ने धारणा धेरैले राखेको पौडेलले बताए ।
प्रतिक्रिया