क्यालिफोर्नियामा भीषण आगलागी हुँदा दशभन्दा बढीको मृत्यु, हजारौँको विस्थापित

प्रकाशित मिति: २४ आश्विन २०७४, मंगलवार ०९:१८


एजेन्सी, असोज २४ ।
अमेरिकाको क्यालिफोर्निया राज्यको लस एञ्जल्स शहर नजिकैको जंगलमा भीषण आगलागी भएको छ । बीबीसीले जनाएअनुसार अमेरिकाको क्यालिफोर्निया राज्यको अंगुर बगानमा अनियन्त्रित डढेलो लाग्दा कम्तीमा १० जनाको ज्यान गएको छ भने हजारौँको संख्यामा घर छाडेर भाग्न बाध्य भएका छन् ।

क्यालिफोर्नियाको वाइन रिजन जुन रक्सी उत्पादनका लागि प्रख्यात क्षेत्र थियो । सो क्षेत्रमा तीब्र गतिमा फैलिएको आगोका कारण जनधनको क्षति भएको हो । आगलागीका कारण कम्तीमा १५ सय फार्म नष्ट भएका छन् । क्यालिफोर्नियाको नापा, सोनोमा र युवा काउण्टीका फार्म बढी प्रभावित भएका छन् । यी फार्ममा रक्सी उत्पादनका लागि चाहिने अंगुरसहितका कच्चा पदार्थ उत्पादन हुने गरेको थियो ।

यो क्यालिफोर्नियाको इतिहासमा अहिलेसम्मकै भीषण आगलागी हो । क्यालिफोर्नियाका गभर्नरले आपतकालिन अवस्था घोषणा गरेका छन् । जंगलबाट सुरु भएको आगोनजिकै रहेको फार्ममा फैलिएको छ । आगलागीबाट धेरै घरमा क्षति पुगेको छ भने फार्म हाउसहरू नष्ट भएका छन् । अहिले आगोल निभाउने प्रयास भइरहेको तर, तीब्र गतिमा फैलिएकाले समस्या भएको सरकारी अधिकारीले बताए ।

आगो तीब्र रूपमा फैलिरहेका कारण आसपासका एक सयभन्दा बढी व्यापारिक भवन खाली गराइएको छ । विमानबाट पानी हालिए पनि अत्याधिक गर्मी र तीब्र हावाका कारण आगो नियन्त्रणमा लिन समस्या भएको जनाएको छ । आगलागीका कारण शहरका विभिन्न भागमा धुँवाको मुस्लोले आकाश ढाकेको छ ।


प्रतिक्रिया

ताजा खबर

More