वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

प्रकाशित मिति: ४ असार २०८२, बुधबार ०७:४२


काठमाडाैं, असार ४ ।
हाल कोशी, मधेश, वागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेकाे छ ।

देशको पश्चिमी भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बुधबार दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्छ । कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाे छ । देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज राति देशभर साधारणतया बदलीदेखि पूर्ण बदली रहनेछ । कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्छ ।

कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्छ । कोशी, वागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थान र अन्य प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा जारी रहेकाे त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो दोश्राे खेलमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....