‘निर्वाचित कार्यकारीको व्यवस्थासहितको राज्य प्रणाली पार्टीको प्रमुख एजेण्डा’ : प्रम दाहाल

प्रकाशित मिति: ३० फाल्गुन २०७३, सोमबार १७:२७


काठमाडौँ, फागुन ३० ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थासहितको राज्य प्रणाली आफ्नै पार्टीको प्रमुख एजेण्डा भएको बताएको छ ।

नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्ने, समानुपातिक तथा समावेशी आधारमा निर्वाचन गर्नुपर्नेलगायत विषयमा माग राख्दै सङ्कलन गरेको हस्ताक्षर बुझाएको थियो । नयाँ शक्ति नेपालले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा आफू र आफ्नो पार्टीले विगतका दिनदेखि नै अगाडि सार्दै आएकाले त्यसको पक्षमा आफू रहेको बताएका छन् ।

संविधान जारी गर्नका लागि सहमति आवश्यक पर्ने भएकाले सो एजेण्डालाई कायम राख्न ‘नोट अफ डिसेन्ट’सहित आफूले संविधानमा हस्ताक्षर गरेको र सो एजेण्डामा हाल पनि उत्तिकै प्रतिबद्ध रहेको उहाँले बताएका हुन् ।

संविधान निर्माणमा सहयोग पुर्‍याउने लक्ष्यका साथ आठबुँदे ‘नोट अफ डिसेन्ट’ लेखे पनि एजेण्डामा सम्झौता नगरिएको बताउँदै एजेण्डा सम्झाउन आएकोमा प्रम दाहालद्वारा नयाँ शक्तिलाई धन्यवाद दिए ।

व्यवस्थापिका–संसद्मा सो एजेण्डाको पक्षमा दुई तिहाइ पु¥याउने अवस्था नभएकाले तत्काल पारित हुने सम्भावना नरहेको बताउँदै प्रधानमन्त्रीले त्यसका लागि मिलेर अगाडि बढ्न आफू र आफ्नो पार्टी तयार रहेको उल्लेख गरेको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा भएकाले त्यसलाई सफल बनाउन सबै पक्षले सहयोग गर्नुपर्ने कुरामा जोड दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....