भट्टराई आज भारतको नयाँदिल्ली प्रस्थान गर्दै

काठमाडौं, चैत्र १ ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई भारत जाँदै छन् । संयोजक भट्टराई दिउँसो ३ः३० बजे नयाँदिल्ली प्रस्थान गर्न लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नयाँदिल्लीमा इण्डिया फाउन्डेशनले आयोजना गरेको ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा १५ मार्चमा भट्टराईले सम्बोधन गर्ने छन् भने उनले ‘बुलेट टु ब्यालेट’ शीर्षकको विशेष सत्रलाई प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने जनाइएको छ ।
त्यस्तैगरी, १९ मार्चमा भट्टराईले नयाँ शक्ति पार्टी, नेपालको प्रवास समितिले गोवामा आयोजना गरेको नेपालीहरूसँगको एक कार्यक्रममा सहभागी हुने छन् ।
२० मार्चमा नयाँ शक्ति पार्टीको आयोजनामा हुने दिल्लीमा रहेका नेपालीहरूसँग भेटघाट तथा अन्र्तरक्रिया गर्ने जनाइएको छ । सबै कार्यक्रम सकाएर भट्टराई २१ मार्चमा नेपाल फर्कने छन् ।
प्रतिक्रिया