नेपालको स्थानीय शासनको इतिहासमा नयाँ अध्याय सुरु : प्रम दाहाल

प्रकाशित मिति: १ चैत्र २०७३, मंगलवार १६:२९


ललितपुर, चैत्र १ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आज ललितपुर महानगरपालिकामा आयोजना गरिएको विशेष कार्यक्रममार्फत प्रधानमन्त्री दाहालले देशका सबै स्थानीय तहको कार्यालय सञ्चालन तथा कार्य प्रारम्भको समुद्घाटन गरेका छन् । देशका सात सय ४४ वटै स्थानीय तहको कार्यालय सञ्चालन तथा कार्य प्रारम्भको अाज एकसाथ समुद्घाटन गरेका हुन् ।

कार्यक्रममा उनले नेपालको स्थानीय शासनको इतिहासमा नयाँ अध्याय सुरु भएको बताउँदै यो सामान्य सुधार नभएर महत्वपूर्ण क्रान्तिकारी परिवर्तनको प्रतिक भएको बताए ।

उनले सिंहदरबारमा निहीत कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार र श्रोेत साधनलाई पहिलो पटक गाउँ–गाउँसम्म पुर्‍याउने गरी स्थानीय तहलाई अधिकार सम्पन्न बनाइएको पनि बताए । उनकाअनुसार ‘हालसम्म जिल्ला, अञ्चल, क्षेत्रीय सदरमुकाम र विशेष गरी काठमाडौंबाट हुँदै आएका धेरै जसो काम, कारर्बाही र सेवाको वितरण सम्बन्धित गाउँपालिका वा नगरपालिकाबाटै हुनेछ ।’

प्रधानमन्त्री दाहालले स्थानीय तहको पुनःसंरचना र कार्यप्रारम्भसँगै गणतन्त्रको उज्यालो घामको अनुभूति जनताले गर्न पाएको भन्दै यसमा परिवर्तन गर्नका लागी महत्वपूर्ण योगदान पुर्‍याउने सबै जनालाई हार्दिक आभार प्रकट गरेका छन् । उनले कर्मचारीहरूलाई स्थानीय तहमा जिम्मेवारी लिएर जनताको सेवामा समर्पित हुन निर्देशनसमेत दिएका छन् ।

संविधान कार्यान्वयनका लागी यो महत्वपूर्ण एउटा ऐतिहासिक फड्को भएको बताउँदै उनले भने, ‘सरकार र विकास अब मतपेटिकाको रूपमा जनताको घरदैलोमा छ । अहिले सरकारको काम स्थानीय तहको निर्वाचनमा केन्द्रित रहनु हो । निर्वाचन सफल हुँदा देशले जित्छ, जनताले जित्छन्, स्थानीय तहको निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो जित हो । २० वर्षपछि गुणात्मक उपलब्धी हुन लागेको यो महोत्सवमा बिना संशय, बिना डर, मन बचन र कर्मले उत्साहपूर्वक सहभागी हुन म सिङ्गो देशलाई हार्दिक आमन्त्रण गर्दछु ।’

सरकारको ध्यान अहिले राजनीतिक समझदारीका आधारमा संविधान संशोधन गर्न रहेको भन्दै मधेश पहाड, हिमाल जोड्ने र संविधानको स्वीकार्यता बढाउने अडानबाट आफू पछि नहट्ने प्रधानमन्त्री दाहालले स्पष्टसमेत पारेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....