‘सूचनाको हकको सही प्रयोग गरौँ’ : राष्ट्रपति भण्डारी

प्रकाशित मिति: ३० आश्विन २०७४, सोमबार १५:२०


काठमाडौं, असोज ३० ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सूचनाको हकले मुलुकमा सुशासन कायम गर्ने भन्दै त्यसको सही प्रयोग गर्न आग्रह गरेका छन् ।

सूचना सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०७४ को अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा आज आयोजित कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले पारदर्शीता र सुशासनले लोकतन्त्रलाई सुदृढीकरण गर्छ र राज्य बलियो हन्छ भने ।

राष्ट्रपति भण्डारीले लोकतान्त्रिक शासन प्रणालीमा संविधान र कानूनबमोजिम सरकारका प्रत्येक काम कारबाहीमा जनता सूचनाको हकदार हुन्छन् भन्ने भावनाका साथ काम गर्नु कर्मचारीको कर्तव्य भएको बताए ।

आजको युग सूचनाको युग हो, लोकतन्त्रमा जनताकै अभिमतबाटै सरकार बन्दछ, त्यस अर्थमा राज्यका शक्ति र मालिक जनता हुन्, राष्ट्रपति भण्डारीले भने । नागरिक निगरानी र खबरदारीका लागि सूचनाको हक महत्वपूर्ण हुने उनको भनाइ छ ।

राष्ट्रपति भण्डारीले जनतामा सूचनाको हकसम्बन्धी चेतना अभिवृद्धि गराउने राष्ट्रिय सूचना आयोगबाट भएका प्रयासको प्रशंसा गरे । आयोगले निबन्ध प्रतियोगितामा सूचनाको हकका अभियान्तातर्फ प्रथम हुने राजु श्रेष्ठ, द्वितीय हुने राकेशप्रसाद चौधरी र तृतीय हुने भावना पौडेललाई पुरस्कार प्रदान गरेको छ ।

त्यसैगरी सूचना अधिकारीतर्फ वासुदेव नाथ (प्रथम), स्थानेश्वर सापकोटा (द्वितीय) र सम्झना सुवेदी (तृतीय) लाई पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि क्रमश जनही रु.२५ हजार, १५ हजार र १० हजार रहेको छ ।

आयोगले आयोगका कर्मचारी लक्ष्मी जोशी (उपसचिव) र चन्द्रप्रसाद अधिकारी (कानून अधिकृत) लाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । पुरस्कारको राशि जनही रु.११ हजार १११ रहेको छ ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकको विश्वव्यापी प्रचलनअनुसार सूचना आयोगलाई संवैधानिक हैसियत दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा आयुक्तद्वय किरणकुमार पोखरेल र यशोदादेवी तिम्सिनाले सूचना आयोगले सूचनाको हकलाई स्थानीयस्तरसम्म प¥याउन लागि परेको बताए ।


प्रतिक्रिया

ताजा खबर

More

त्रिभुवन विमानस्थलबाट किलोभन्दा बढी सुनसहित ५३ वर्षीया भारतीय पक्राउ

काठमाडाैं, असार ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....