त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

प्रकाशित मिति: ४ असार २०८२, बुधबार ०८:१०


काठमाडाैं, असार ४ ।
स्कटल्याण्डमा जारी रहेकाे त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो दोश्राे खेलमा नेपालले पहिलो जित हासिल गरेको छ ।

गएराति भएको खेलमा घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले पराजित गर्दै नेपाल प्रतियोगितामा पहिलो जित निकाल्न सफल भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड २ बल बाँकी छँदै ९७ रनमा अलआउट भएकाे थियो । जवाफमा नेपालले इनिङको अन्तिम बल बाँकी हुँदा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भएकाे हाे ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३० रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले १४ रन बनाए । त्यस्तै, बसिर अहमदले १३ रन बनाउँदा किरन ठगुन्नाले १० रन बनाएका थिए ।

नेपालका लागि विजयी रन भने सन्दीप लामिछानेले १ बल खेल्दै १ रन हानेर पूरा गरेका थिए । उनीसँगै करण केसी ३ रनमा अविजित रहेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

त्रिभुवन विमानस्थलबाट किलोभन्दा बढी सुनसहित ५३ वर्षीया भारतीय पक्राउ

काठमाडाैं, असार ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....