‘राजनीतिक धु्रवीकरणले लोकतन्त्रिक शक्तिलाई बलियो बनाउँछ’ : मन्त्री थापा

काठमाडौं, असोज ३१ ।
विनाविभागीयमन्त्री विक्रमबहादुर थापाले दलहरूबीचको राजनीतिक धु्रवीकरणले लोकतन्त्रिक शक्तिलाई बलियो बनाउने बताएको छ ।
नैकापस्थित इन्द्र अन्नपूर्ण योग केन्द्रले आफ्नो स्वागतमा आज आयोजना गरेको कार्यक्रममा उनले पछिल्लो राजनीतिक धु्रवीकरणका कारण प्रजातान्त्रिक शक्तिलाई बलियो बनाउन पार्टी उक्त समूहमा आबद्ध भएको जानकारी दिए ।
केन्द्रका सल्लाहकार देवेन्द्र प्रधानले काठमाडौं छिर्ने महत्वपूर्ण नाकाका रूपमा चन्द्रागिरि भए पनि स्थानीय विकास तथा पूर्वाधार निर्माणमा प्रगति हुन नसकेकामा गुनासो गरे ।
केन्द्रका अध्यक्ष सुभाष घिमिरेले मानिसले स्वस्थ्य जीवन राख्न योग तथा आयुर्वेद शिक्षालाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया