त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपत्यारिलो घटना, ठूलो क्षति हुनबाट जोगियो

प्रकाशित मिति: २ चैत्र २०७३, बुधबार ०९:००


काठमाडौं, चैत्र २ ।
नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संसारमा कसैले अनुमान पनि गर्न नसकिने गरी ठूलो घटना भएको छ ।

घटना हो, नेपाल एयरलाइन्सको उड्नै लागेको जहाजबाट एकाएक हवाई इन्धन लिक भएर विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको हो । मंगलबार साँझ काठमाडौंबाट हङकङका लागि सेड्युल उडान रहेको नेपाल वायुसेवा निगमको नयाँ एयरबस ३२० जहाजबाट इन्धन लिक भएपछि करिब एक घण्टा उडान रोकिएको थियो ।

साँझ ७ बजेर ३० मिनेट जाँदा हङकङका लागि उडान भर्न तयार रहेको जहाजमा यात्रुहरूले बोर्डिङ पास लिएर जहाजमा चढ्ने तर्खर हुँदै गर्दा निगमको एयरबस ३२० जहाजको दायाँ पखेटाबाट एक्कासी तेल चुहिन थालेपछि एयरपोर्टमा ठूलो सनसनी मच्चिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।

‘आज भयङ्कर ठूलो दुर्घटना हुनबाट विमानस्थल जोगिएको छ’, उनले भने, ’एकछिन मात्र ढिला भएको भए धेरै जहाज र विमानस्थलमा क्षति पुग्थ्यो।’ विमानस्थलका कर्मचारीको संयमतापूर्ण कामले पूरै विमानस्थल दुर्घटनाबाट जोगिएको उनले बताए ।

विमानस्थलको जहाज पार्किङ वे मा रहेको विमानबाट इन्धन लिक हुँदा निकै समय त्रासदी मच्चिएको थियो । ७ बजेर ३० मिनेटबाट बन्द भएको विमानस्थल ८ बजेर ३० मिनेट जाँदा बल्ल सामान्य अवस्थामा आएको थियो ।

जहाजबाट इन्धन लिक भएपछि विमानस्थलका सम्पूर्ण दमकल र एम्बुलेन्स तथा उपत्यकाका सम्पूर्ण दमकलहरू स्ट्याण्डबाई राखिएको थियो । जहाज उडान रोकिएपछि यात्रुहरूलाई निगमले अर्को जहाजमा राखेर बोर्डिङ गरिएका यात्रुहरूलाई पठाएको निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठले बताए ।

उनले के कारणले इन्धन लिक भएको हो त्यसबारे अनुसन्धान भइरहेको जानकारी दिए । जहाजबाट कति इन्धन बाहिरियो भनेर यकिन नभएको र त्यसबारेमा पनि थप अनुसन्धान भइरहेको उनले बताए ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....