प्रधानमन्त्रीले चुनाव सार्ने तयारी गरेकाले सरकार नछोड्ने :गृहमन्त्री जनार्दन शर्मा

प्रकाशित मिति: ३१ आश्विन २०७४, मंगलवार १५:३४


काठमाडौं, असोज ३१ ।
प्रभानमन्त्री देउवाको सरकारमा रहेको माओवादी केन्द्रका मन्त्रीहरूले तत्काल सरकार नछोड्ने भएको छ ।

गृह मन्त्रलायमा पत्रकार सम्मेलनको आयोजना गर्दै गृहमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री देउवाले चुनाव सार्ने तयारीमा रहेकाले सरकार नछोड्ने निर्णय गरेको जानकारी दिएका छन् । गृहमन्त्री शर्माले आफुहरूले निर्वाचन आयोगबाट निर्वाचन सार्ने तयारीमा प्रधानमन्त्री रहेको सूचना पाएपछि सरकारबाट फिर्ता हुनबाट पछि हटेको बताए ।

त्यस्तै, उपप्रधानमन्त्री कृष्णबहादुर महराले पनि आफ्नो मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सरकार छोड्ने बारे अस्पष्ट जवाफ दिएका थिए ।

सरकारमा बस्ने की छोड्ने बारे माओवादी केन्द्रका अध्यक्ष र प्रधानमन्त्री शेर बहादुर देउवाबीच आज बिहान छलफल भएको बताए पनि माओवादी केन्द्रले ठोस निर्णय भने अझै गर्न सकेको छैन ।

 


प्रतिक्रिया

ताजा खबर

More

त्रिभुवन विमानस्थलबाट किलोभन्दा बढी सुनसहित ५३ वर्षीया भारतीय पक्राउ

काठमाडाैं, असार ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....