वाम गठबन्धन र एकतालाई सफल बनाउनुपर्छ : अध्यक्ष ओली

प्रकाशित मिति: ३१ आश्विन २०७४, मंगलवार १८:२६


काठमाडौं, असोज ३१ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धन र एकतालाई सफल बनाउनुपर्ने बताएका छन् ।

युवा सङ्घ नेपालले आज पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला र विशेष प्रशिक्षण कार्यक्रममा उनले भने, मुलुकको समृद्धिका लागि वाम गठबन्धन र एकता अपरिहार्य आवश्यकता रहेको हुँदा यसलाई सबैले इमान्दार भएर सफल बनाउन सक्नु पर्दछ ।

अध्यक्ष ओलीले वाम गठबन्धनका विरुद्ध अर्को शक्ति एक भए पनि केही गर्न नसक्ने बताउँदै वामतालमेलबाट प्रतिक्रियावादी आत्तिएका छन्, उनीहरू एक भए पनि वामपन्थी एकतामा कुनै असर पर्दैैन ।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने विश्वास व्यक्त गर्दै उनले भने, सो निर्वाचनपछि संघ र प्रदेशमा सरकारको नेतृत्व एमालेले गर्छ ।

अध्यक्ष ओलीले एमालेले मुलुकमा शान्ति र समृद्धि चाहेको छ भन्दै सही विचार, नीति, संगठन र देशप्रेमी भावना भएकाले एमालेले जनताको विश्वास जित्न सकेको बताए ।

सो अवसरमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आवश्यकता र पार्टी हितका लागि माओवादीसँग चुनावी तालमेल र एकताको प्रयास गरिएको बताउँदै निर्वाचन नगर्ने षड्यन्त्रमा नेपाली कांग्रेसले नयाँ गठबन्धन बनाइरहेको आरोप लगाए ।

कांग्रेसको गतिविधिले संविधान कार्यान्वयनप्रति गम्भीर देखिएको छैन, उनले भने, निर्वाचनलाई कसरी सफल बनाउनुभन्दा पनि निर्वाचन सार्नकै लागि माओवादीका मन्त्री हटाउन दबाब दिइरहेको छ, यो हामीलाई सह्य छैन ।

नेता नेपालले प्रधानमन्त्री शेरवहादुर देउवाले निर्वाचन आचारसिंहता विपरित मन्त्रिमण्डल विस्तार गरेर लोकतन्त्रको खिल्ली उडाएको बताउँदै आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनलाई जिताउन सबैमा आग्रह गरे ।


प्रतिक्रिया

ताजा खबर

More

त्रिभुवन विमानस्थलबाट किलोभन्दा बढी सुनसहित ५३ वर्षीया भारतीय पक्राउ

काठमाडाैं, असार ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....