माओवादी केन्द्रका मन्त्रीहरू तिहारको भोलीपल्ट सरकारबाट बाहिरिने

प्रकाशित मिति: १ कार्तिक २०७४, बुधबार १७:०८


काठमाडौं, कात्तिक १ ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका बिना बिभागीय मन्त्री महेन्द्रबहादुर शाहीले यहीँ कार्तिक ५ गते सरकारबाट बाहिरिने बताएका छन् ।

रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शाहीले आफूहरूलाई सरकारमै बसिरहने कुनै चाहना नरहेको स्पष्ट पारेका हुन् ।

उनले भने, ‘हामी चुनावको सुनिश्चितताको लागि मात्रै सरकारमै बसेका हौंं, होईन भने हामीलाई विना विभागीय भएर सरकारमै बसिरहन चाहँदैनौं ।’

शाहीले भने, ‘प्रधानमन्त्रीले ठूलो गल्ती गरेको, संसद नभएको बेला र हामीले सरकारलाई दिएको समर्थन कायम राखेको बेलामा मन्त्रीहरू थपेका छन्, मन्त्रीहरूका गाडीले नै काठमाडांैमा जाम हुने स्थिति भयो, हामी यहीँ कार्तिक ५ गतेसम्म सरकारमा बस्छौँ त्यसपछि सरकार छोड्छौं ।’ मन्त्री शाहीले वाम गठबन्धन राजनीतिक स्थिरताको लागि भएको समेत स्पष्ट पारे ।


प्रतिक्रिया

ताजा खबर

More

त्रिभुवन विमानस्थलबाट किलोभन्दा बढी सुनसहित ५३ वर्षीया भारतीय पक्राउ

काठमाडाैं, असार ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....