पटक–पटकको प्रयास पश्चात् प्रा.डा. केसीको अनसन अन्त्य

प्रकाशित मिति: २ कार्तिक २०७४, बिहीबार ०६:४१


काठमाडौं, कार्तिक २ ।
पटक–पटकको प्रयास पश्चात् सरकारसँग १० बुँदे सहमतिपछि प्रा.डा. गोविन्द केसीले १४ दिनदेखिको अनसन बुधबार अन्त्य गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र डा. केसी पक्षबीच भएको वार्तामा आगामी कार्तिक ६ गते मन्त्रिपरिषद्को बैठकबाट अध्यादेशमार्फत चिकित्सा शिक्षा ऐन जारी गर्नेलगायतका १० बुँदे सहमति भएपछि डा. केसीले अनसन अन्त्य गरेका हुन् ।

शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्यमन्त्री दीपक बोहोरा, स्वास्थ्य सचिव डा. किरण रेग्मी, प्रधानमन्त्री कार्यालयका सचिव महिन्द्रप्रसाद उपाध्याय, चिकित्सा सेवा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठ, वरिष्ठ अधिवक्ता ओमप्रकाश शर्मालगायतको रोहबरमा १० वर्षे बालिका रोजिना तामाङको हातबाट महपानी खाएर डा. केसीले अनसन तोडेका थिए ।

पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले अध्यादेशमार्फत चिकित्सा ऐन ल्याउने प्रस्ताव राखेपछि दिउँसो प्रधानमन्त्री, शिक्षामन्त्री, पूर्वमन्त्री थापा, प्रा. केदारभक्त माथेमा, डा. केसीका तर्फबाट डा. अभिषेकराज सिंहलगायतको प्रधानमन्त्री निवासमा बैठक बसेको थियो ।

सम्झौता पत्रमा हस्ताक्षर गर्नुअघि डा. केसीले प्रम देउवासँग टेलिफोन वार्ता गर्दै कार्तिक ६ गते सहमति कार्यान्वयन नभए ७ गते पुनः अनसन बस्ने चेतावनीसमेत दिएका थिए प्रधानमन्त्री शेरबहादुर देउवाले यस पटक सहमति कार्यान्वयन हुने प्रतिबद्धता जनाएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

त्रिभुवन विमानस्थलबाट किलोभन्दा बढी सुनसहित ५३ वर्षीया भारतीय पक्राउ

काठमाडाैं, असार ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....