राष्ट्रपतिद्वारा बालमन्दिरका बालिकालाई गुन्यूचोलो प्रदान

प्रकाशित मिति: २ कार्तिक २०७४, बिहीबार १५:२४


काठमाडौं, कार्तिक २ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बालमन्दिरका बालिकालाई आज गुन्यूचोलो प्रदान गरेका छन् । लक्ष्मीपूजाको अवसर पारेर राष्ट्रपति भण्डारीले ६ देखि १६ वर्षका ४३ बालिकालाई गुन्यूचोलो प्रदान गरेको हो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले स्वस्ती वाचनसहित लक्ष्मीपूजा गर्नु भई बालिकालाई गुन्यूचोलो प्रदान गरेको थियो ।

कार्यक्रमकै सन्दर्भमा बालमन्दिरका पदाधिकारीसँग संक्षिप्त कुरा गर्दै राष्ट्रपति भण्डारीले नेपालको संस्कृतिअनुसार बालिकालाई गुन्यूचोलो बाँड्न पाउँदा अत्यन्तै खुशी लागेको अनुभूति सुनाएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

हरेक बालिकालाई छिटको साडी (रातो छिर्केमिर्के), ढाका चोली, सेतो पटुकी, कालो सुरुवाल, मखमलको रातो चप्पल एक जोर, रातो काँचको चुरा एक दर्जन र केशका लागि धागो दिएको थियो ।

बालमन्दिरका कार्यकारी निर्देशक बालकृष्ण डंगोलका अनुसार बडादशैँको महानवमीका दिन बालमन्दिरका तर्फबाट भाइको पशुपतिमा लगेर पूजा हुने गरेको सन्दर्भमा छोरीहरूलाई पनि गुन्यूचोली बाँड्न उपयुक्त हुन्छ भन्ने राष्ट्रपतिबाट इच्छा व्यक्त भएअनुरूप यो कार्यक्रम गरिएको हो ।

राष्ट्रपतिले गुन्यूचोलो लगाएका बालिकासँग सामूहिक तस्बीर र भलाकुसारीसमेत गरेको थियो । बालिकालाई मिष्ठान्न भोजन पनि गराइएको थियो ।

कार्यक्रममा बालबालिका संरक्षणको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाका प्रमुख, प्रतिनिधि तथा संसद्को महिला, बालबालिका तथा समाज कल्याण समितिका सभापति रञ्जु कुमारी झा, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव राधिका अर्याल लगायतको सहभागिता थियो ।


प्रतिक्रिया

ताजा खबर

More

त्रिभुवन विमानस्थलबाट किलोभन्दा बढी सुनसहित ५३ वर्षीया भारतीय पक्राउ

काठमाडाैं, असार ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....