कांग्रेससँग चाँडै तालमलेको सहमति हुन्छ : नेता ठाकुर

काठमाडौं, कार्तिक ३ ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरले नेपाली कांग्रेससँग आफूहरूको चाँडै चुनावी तालमेल हुने बताएका छन् ।
राजपा र संघीय समाजवादी फोरम नेपाललाई कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग प्रतिनिधिसभामा ५५ स्थान माग गरिएको उनले बताए ।
‘सहमतिका लागि अब हामी अन्तिम छलफलमा जुटेका छौँ’ रिपोर्टर्स क्लबको देउसी भैलो टोलीलाई शुभकामना दिँदै उनले भने ।
ठाकुरले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतदान गर्न जनता आतुर रहेको बताउँदै निर्धारित समयमा चुनाव हुनेमा आशंका नगर्न आग्रहसमेत गरेका छन् ।
प्रतिक्रिया