काठमाडौंबाट जाँदै गरेको बस दुर्घटना, ४ घाइते, चालक फरार

काठमाडाैं, असार ४ ।
काठमाडौंबाट सोलुखुम्बुतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको छ ।
दुर्घटना आज बुधबार दिउँसो १ बजे ओखलढुंगामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
जिल्लाको सिद्धिचरण नगरपालिका-८ बजरंगे गाउँस्थित सेतीदेवी मन्दिरनजिकै बस दुर्घटना भएको प्रहरी जनाएको हो ।
बागमती प्रदेश ०१-००६ ख ५५८१ नम्बरको बस करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक मदन के.सी.ले जानकारी दिए ।
उनकाअनुसार घाइतेहरूमा ओखलढुंगा चम्पादेवी गाउँपालिका-३ की ५० वर्षीया कुमारी माया बुढाथोकी, बसका सहचालक ओखलढुंगा मानेभञ्जयाङ गाउँपालिका-३ उवुका २५ वर्षीय विनोद अधिकारी, अर्का सहचालक सिद्धिचरण नगरपालिका-८ लगलगेका २८ वर्षीय रोशन गिरी र सुनकोशी गाउँपालिका-१ बल्खु बस्ने ४२ वर्षीय सहदेव गिरी घाइते भएका छन् ।
सहचालक दुबै जनाको टाउकोमा चोट लागेको तथा अर्का दुई जनाको करङ तथा ढाडमा चोट लागेको प्रहरीले जनाएको छ ।
निरन्तरको वर्षाको कारण चिप्लिएर अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रहरीको अनुमान रहेको छ ।
बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया