आजबाट नेपालको मौलिक सम्वत् नेपाल सम्वत् ११३८ सुरु

काठमाडौं, कार्तिक ३ ।
आजबाट नेपालको मौलिक राष्ट्रिय सम्वत् नेपाल सम्वत् ११३८ नयाँ वर्ष अर्थात न्हूदँ सुरु भएको छ । आज नेपाल सम्वत् ११३८ नयाँ वर्षको उपलक्ष्यमा ‘न्हूदँ राष्ट्रिय समारोह समिति–११३८’ द्वारा काठमाडौंको बसन्तपुरमा विशेष कार्यक्रमको आयोजना गरी भिंतुना ¥याली निकाल्ने तयारी भइरहेको छ ।
यसैबीच, ललितपुरमा पनि अहिले नेपालभाषा मंकाः खलःद्वारा भिंतुना ¥याली निकाल्ने तयारी भइरहेको छ भने पुल्चोकमा रहेको नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वाःको शालिकमा माल्यार्पण गरी ललितपुरको विभिन्न स्थानमा नगर परिक्रमा गर्ने कार्यक्रम रहेको छ ।
यस्तै भक्तपुर, सानो ठिमीलगायत देश र विदेशमा रहेका सम्पूर्ण नेपालीहरूले नेपाल सम्वत् ११३८ नयाँ वर्षको उपलक्ष्यमा न्हूदँया भिंतुना आदान प्रदान गर्दै विविध कार्यक्रमको आयोजना गर्दै मनाईरहेका छन् ।
प्रतिक्रिया