प्रधानमन्त्री देउवाद्वारा दीपावलीको शुभकामना

काठमाडौं, कार्तिक ३ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले उज्यालो र रङ्गहरूको महान पर्व शुभ–दीपावली तिहारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
उनले आज दिनुभएको शुभकामना सन्देशमा उज्यालो र रङ्गहरूको महान पर्व तिहारले नेपालीहरूको धार्मिक, सांस्कृतिक सहिष्णुता, एकता, सहकार्य र सम्मिलनमा अझ प्रगाढता ल्याउँदै जानेमा विश्वास व्यक्त गरे ।
“नेपाल विविध धर्म र संस्कृतिको बहुपहिचानयुक्त विशेषता भएको मुलुक हो, नेपालका विविध सांस्कृतिक पर्वहरूले नेपाली समाजमा भातृत्व र भावनात्मक एकताका लागि महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्,” प्रधानमन्त्री देउवाले भने “यस पर्वले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन सकोस् ।”
साथै उनले राष्ट्रिय एकता र विकासको मार्गमा हिँड्न यो पर्वले सम्पूर्ण नेपालीलाई प्रेरित गर्न सकोस् भन्ने शुभकामनासमेत व्यक्त गरेका छन् ।
प्रतिक्रिया