पारिवारिक जमघटमा तास खेल्दै गरेका प्रचण्डका तस्वीर भाइरल !

काठमाडौं, कात्तिक ४ ।
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड कुनै समय निकै ‘क्रान्तिकारी’ नेता थिए । हिन्दु धर्मका गलत संस्कारहरू बहिस्कार गर्न कार्यकर्तालाई उर्दी गर्थे । आफैले समेत झण्डै २२ वर्षसम्म दशैँ टिका बहिस्कार पनि गरेका प्रचण्डको रूप यतिबेला भने फेरिँदै जान थालेको छ ।
जनवादी क्रान्ति र सांस्कृतिक रुपान्तरणका लागि झण्डै १० वर्ष युद्धको कमाण्ड सम्हालेर हिँडेका प्रचण्डको ‘स्खलित’ एउटा तस्विर सार्वजनिक भएको छ ।
हिजो जनयुद्धमा तास खेल्नेलाई भाटे कारबाही गर्ने उनी आफै समेत ‘पारिवारीक तास खाल’मा भेटिएका छन् । सामाजिक सञ्जालमा भेटिएको यो तस्विर एक वर्ष अघिको हो । उनका दिदि बहिनीको आग्रहमा उनले तास समातेको पारिवारिक स्रोतको दाबी छ । जतिबेला उनी मुलुकको प्रधानमन्त्री पदमा आसिन थिए ठीक त्यतिबेला नै प्रधानमन्त्री निवास बालुवाटारमा उनले तिहार मनाएका थिए ।
ट्रय्याकसुटमा पारिवारिक तास खालमा देखिएका प्रचण्डको तस्विर एक वर्षपछि मात्रै सामाजिक सञ्जालमा देखिएको हो ।
पूराना माओवादी कार्यकर्तालाई भने यो तस्विरले झस्काइदिएको छ । सामाजिक सञ्जालमा उक्त तस्विर पोस्ट गर्दै पूराना माओवादी कार्यकर्ता बन्दना सुवेदी लेख्छिन्,‘पहिला पहिला तास खेल्नेलाई भाटे कारबाही, तास मुखमा कोच्याउने निर्देशन गर्थेऊ त कमरेड ?’
प्रतिक्रिया