कांग्रेसको उम्मेद्वार विवाद चर्किएपछि धाँधली भएकाे भन्दै सामुहिक राजिनामा

प्रकाशित मिति: ४ कार्तिक २०७४, शनिबार १२:५८


काठमाडौं, कात्तिक ४ ।
नेपाली कांग्रेस ओखलढुँगाको प्रदेशसभा अन्तर्गत मित्रसेन दाहाललाई उम्मेद्धवार बनाएपछि कांग्रेस ओखलढुँगामा प्रत्यासी उम्मेवद्धवार लिलाबल्लभ दाहाल र कार्यकर्ताहरूले आपत्ति जनाएका छन् ।

शुक्रबार पार्टी केन्द्रिय कार्य समितिले मित्रसेनलाई उम्मेद्धवार बनाएपछि उम्मेवद्धवारका प्रत्यासी दाहालले उक्त निर्णय तत्काल नसच्याए पाटीभित्रै विद्रोह गर्ने चेतावनी दिएका छन् ।

‘कांग्रेसको नेतृत्व पक्षले मलाई टिकट दिने तयारी गरेको थियो । एक्कासी पैसाको चलखेल गरेर अयोग्य व्यक्तिलाई टिकट दिइया,’प्रत्यासी उम्मेद्वार लिलाबल्लभ दाहालले भने ।

कांग्रेस ओखलढुँगा समिति सदस्यहरु कुमार लुईटेल, कमल तामाङ, रामजी बास्तोला, ज्ञानेन्द्र रुम्दाली, सिताराम श्रेष्ठ, लेखबहादुर राई, र अजय लुईटेल लगायतले चुनावी टिकट वितरणप्रति असहमति रहेको जनाउँदै तत्काल निर्णय नसच्याए विद्रोहमा उत्रिने चेतावनी दिएका हुन् ।

टिकट वितरणमा धाधली भएपछि ओखलढुंगाका अधिकांश नेताहरूले सामुहिक राजिनामा दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंबाट जाँदै गरेको बस दुर्घटना, ४ घाइते, चालक फरार

काठमाडाैं, असार ४ । काठमाडौंबाट सोलुखुम्बुतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटना.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....