गौचन हत्या काण्डको रहस्य बल्ल खुल्यो

प्रकाशित मिति: ४ कार्तिक २०७४, शनिबार १३:३८


काठमाडौं, कात्तिक ४ ।
५० करोड कमिशन काण्डका कारण निर्माण व्यावासायी शरद गौचनको हत्याको कारण हुनसक्ने अनुमान गरिएको छ ।

हत्याको जिम्मा लिने समूहले गौचनसँग ५० करोडभित्र कमिशनको माग गरेका थिए तर गौचनले वास्ता नगरेपछि उनीमाथि आक्रमण भएको हुनसक्ने प्रहरी उच्च स्रोतले जनाएको छ । गौचन हत्या प्रकरण छानविनका आधा दर्जन प्रहरीको भिन्ना भिन्नै टोली अनुसन्धानमा जुटेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबी, महानगरीय अपराध महाशाखा, काठमाडौं परिसर, महानगरीय आयुक्तको कार्यालय र डिआईजी गणेश केसीको कमाण्डमा गठित छानबिन समितीले आ–आफ्नै तरीकाबाट अनुसन्धान सुरू गरेका छन् ।

आधा दर्जन प्रहरी युनिट सक्रिय भएपनि घटनाको सत्य तथ्य पत्ता लगाउन कुनै प्रहरी युनिटले सकेको छैन । गत साता राजधानीको मुटु मानिने नयाँ बानेश्वरमा आपराधिक समूहको गोली प्रहारबाट निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या भएको थियो । कोखामा तीन गोली लागेका गौचनको उपचारको क्रममा बानेश्वरस्थित सिभिल अस्पतालमा मृत्यु भएको थियो ।

गौचनलाई काठमाडौंका कुख्यात गुण्डा नाईके समीरमान बस्नेत र मनोज पुनको योजना मुताबिक हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ । एक महिना अगाडी गौचनको डिजाईनमा दश अरबको हुलाकी राजमार्गको टेण्डर चिनिया कम्पनीलाई दिलाउन गौचन सफल भएका थिए । जसमा गौचनको समूहले महासंघको नाममा ठेक्का दिलाईदिए बापत ५० करोड कमिशन लिएका थिए । उक्त पैसा ठेक्का दिलाउने निकायदेखि महासंघका पदाधिकारीमा समेत भागबण्डा गरिएको थियो ।

भागबण्डामा नपरेका एक कथित ठेकदारले गुण्डा नाईके बस्नेतको प्रयोग गरेर बिगत एक महिनादेखि गौचनलाई तीन करोड मागेको रहस्य खुलेको छ । गौचनले यी सब कुरा हल्का रूपमा लिदै वास्ता नगरेपछि बस्नेतको आदेशमा गौचनमाथि गोली प्रहार गरीएको एक ठेकदारले बताए । गौचनको हत्या पश्चात बस्नेतले आफू निकट लोप्साङ राई भन्ने लोप्साङ शेर्पालाई घटनाको जिम्मा लिन लगाएको दाबी गरिएको छ ।

लोप्साङ विगत दश बर्ष देखि बस्नेतको विश्वास पात्र हुन् । लोप्साङले घटनाको जिम्मा मात्र होईन अन्य ठेकदार, होटल मालिक र अन्य क्षेत्रमा कार्यारत प्रतिष्ठित व्यापारीलाई समेत ‘अब तेरो पालो’ भन्दै पैसाको अफर गर्न थालेका छन् । यसका पर्दा पछाडीको खेलाडी भनेको मनोज पुन र बस्नेत हुन् । गौचनको हत्या पश्चात दुई दर्जन भन्दा बढी व्यापारीसँग यो समूहले पैसा उठाएको स्रोतको दाबी छ ।

बुटवलमा आधा दर्जन हत्या आरोपमा फरार रहेका मनोज पुन र प्रहरी इन्काउन्टरमा कुमार श्रेष्ठ ‘घैंटे’ मारिएपछि फरार भई भारत भासिएका बस्नेतको समूह एक भई थप आपराधिक क्रियाकलापमा सक्रिय हुन थालेपछि नेपाल प्रहरीलाई टाउको दुखाईको बिषय बनेको छ । यसअघि काभ्रेली समूहका दावा लामा माथिको गोली प्रहारको घटनामा पनि लोप्साङ राईले काठमाडौंका तत्कालिन एसएसपी छवीलाल जोशीलाई फोन गरी घटनाको जिम्मा लिएका थिए । उक्त गोलीकाण्डको घटना अहिलेसम्म रहस्यमय नै छ । मनोज पुनको समूहले यस अघि युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि गोली प्रहार गरी हत्या गरेको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंबाट जाँदै गरेको बस दुर्घटना, ४ घाइते, चालक फरार

काठमाडाैं, असार ४ । काठमाडौंबाट सोलुखुम्बुतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटना.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....