तिहार लगतै सुरुभयो छठ पर्वको तयारी, मरिक समुदाय बाँसको सामान बनाउन व्यस्त

सुनसरी, कात्तिक ५ ।
छठ पर्वलाई लक्षित गरेर बाँसको सामग्री बनाउन मरिकहरू व्यस्त भएका छन् । यही कार्तिक ९ गते हुने आस्था र निष्ठाको पर्व छठ आउनु केही साता अघि नै मरिकहरू छठमा प्रयोग हुने बाँसका विभिन्न सामग्री बनाउन व्यस्त भएका हुन् ।
सुनसरी सदरमुकाम इनरुवा २ को मरिक बस्तिदेखि हरिनगरा गाउँपालिकाको रामनगरभुटहासम्मका मरिक समुदाय अहिले दिनरात नभनी छठ लक्षित बाँसको साग्रमी बनाउन व्यस्त बनेका छन् । जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा रहेका मरिक समुदायहरूले छठ आउन १ महिना अघि देखि नै बाँसको सामग्री बनाउन व्यस्त हुने गर्दछन् । मरिकहरु छठमा प्रयोग हुने कोनिया, ढाकी, नाङ्लो लगायतका बाँसका सामग्री बनाउन व्यस्त बनेका हुन् । उनीहरू एक महिनाको कमाईले परिवार पाल्दै आएका छन् ।
छठ पर्वमा बाँसकै सामग्री बढी मात्रामा आवश्यक पर्ने भएकाले वर्ष भरि आम्दनी गर्न नपाएका मरिकहरुलाई यस पर्वको बेलामा राम्रो आम्दनी गर्ने गरेका छन् । बाँसको साम्रगी अरु बेला कमै मात्र विक्रि हुने गरेको भएपनि पर्वमा अत्याधिक मात्रामा विक्रि हुने गरेको मरिक समुदायका स्थानीयहरूको भनाइ छ ।
आधुनिकतासंगै बाँसको सामग्रीको मांग घटेको बेला चाडपर्वमा बाँसको सामग्री बिक्रिहुने भएकाले त्यसैमा चित्त बुझाउन मरिक समुदाय बाध्य भएका छन् । उनीहरूले मरिक समुदायको जीवनस्तर उकास्नका लागि बाँसको सामग्री नभइकन त्यसको बिकल्प वा व्यवसायीकरणमा ध्यान दिनुपर्ने आवश्यक रहेको देखिन्छ ।
प्रतिक्रिया