अन्त्यमा आएर मधेशी मोर्चाद्वारा समर्थन फिर्ता

काठमाडौं, चैत्र २ ।
आफूहरूको मागलाई सम्बोधन नगरेपछि अन्त्यमा आएर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ ।
मधेशी मोर्चाले आफूहरूको कुनै मागलाई गम्भीर रूपमा नलिएको साथै सहमति पालना नगरेको र स्थानीय तहको निर्वाचनको घोषणा संविधान विपरीत भएको भन्दै आजबाट समर्थन फिर्ता लिएको जनाएको छ ।
आयोगको प्रतिवेदनसमेत अपुरो रहेको अवस्थामा स्थानीय तहको निर्वाचन घोषणा गर्नु संविधान विपरीत भएको भन्दै मोर्चाको संसद् भवन नयाँ बानेश्वरमा आज बसेको संसद् बैठकमा बोल्दै महिन्द्र राय यादवले सरकारबाट बाहिरिएको जनाएका हुन् । मोर्चासँग आबद्ध सात राजनीतिक दलका ४० जना सांसद्ले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्दै आएका छन् ।
प्रतिक्रिया