पहिलो चरणको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि माओवादीबाट उम्मेदवारको टुंगो

प्रकाशित मिति: ५ कार्तिक २०७४, आईतवार १५:२०


काठमाडौं, कार्तिक ५ ।
आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले आफ्ना उम्मेदवारको टुंगो लगाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा (एमाले) र माओवादी केन्द्रबीच तालमेल गर्ने सहमति भएपछि केन्द्रले पाउने उम्मेदवारको अन्तिम नामावली आज सार्वजनिक गरिएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिए ।

उनकाअनुसार संघीय संसद्का उम्मेदवारमा भोजपुरमा सुदन किराँती, सोलुखुम्बुमा हेमकुमार राई, रामेछापमा श्यामकुमार श्रेष्ठ र सिन्धुपाल्चोक क्षेत्र नं १ मा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाइएको छ । त्यसैगरी नुवाकोट क्षेत्र नं १ मा हितबहादुर तामाङ, लमजुङमा देवप्रसाद गुरुङ, गोरखा क्षेत्र नं १ मा हरिराज अधिकारी र २ मा नारायणकाजी श्रेष्ठ, बागलुङ क्षेत्र नं २ मा देवेन्द्र पौडेल तथा रोल्पामा वर्षमान पुन उम्मेदवार बनेका छन् ।

रुकुम (पूर्व)मा कमला रोका, रुकुम (पश्चिम)मा जनार्दन शर्मा, जुम्लामा गजेन्द्र महत, कालीकोटमा दुर्गाबहादुर रावत, हुम्लामा जिमी लामा र जाजरकोटमा शक्तिबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ । प्रवक्ता भुसालका अनुसार ३२ जिल्लाका ३७ प्रतिनिधिसभा सदस्यमध्ये १६ वटामा प्रत्यक्ष उम्मेदवारी दिइएको हो । त्यसैगरी पार्टीले प्रदेशसभामा ३२ जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

कामपा प्रहरी प्रमुख पाण्डेकाे निलम्बन कार्यान्वयन नगर्न अदालतकाे आदेश, काम गर्न दिनु

काठमाडाैं, असार ४ । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....