प्रधानमन्त्री दाहाल र स्विस राजदूतबीच सिंहदरबारमा भेटवार्ता

प्रकाशित मिति: २ चैत्र २०७३, बुधबार १६:४६


काठमाडौँ, चैत्र २ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागी स्विट्जरल्याण्डका राजदूत योर्ग ज्योभानी फ्रिडेनबीच आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेको छ ।

शिष्टाचार भेटवार्तामा प्रम दाहालले नेपालको राजनीतिक रूपान्तरणमा स्विट्जरल्याण्ड सरकारले गरेको सहयोगप्रति खुसी व्यक्ति गर्दै धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले स्थानीय तह कार्यान्वयन सुरु भइसकेकाले अब तोकिएकै समयमा स्थानीय निर्वाचन गर्ने गरी सरकार लागिरहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनले मधेश केन्द्रित दलसँग निरन्तर छलफल भइरहेकाले राजनीतिक अस्थिरता छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।

सो अवसरमा नेपालका लागि स्विट्जरल्यान्डका राजदूत फ्रिडेनले नेपालमा राजनीतिक स्थिरता तथा स्थानीय र प्रदेश तहको निर्वाचनको विषयमा चाँसो राखेका थिए । उनले नेपाल सरकारले विभिन्न समयमा स्विट्जरल्यान्डसँग गरेको सहयोग र समन्वयका लागि पनि खुसी व्यक्त गरे ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....