नेपालका बैंकहरूमा विदेशी ह्याकरहरूको आतंक, एनआइसि एसिया बैंकको ३० करोड ह्याक

प्रकाशित मिति: ६ कार्तिक २०७४, सोमबार ०९:००


काठमाडौं, कार्तिक ६ ।
विदेशी ह्याकरहरूले नेपालका वाणिज्य बैंकहरूलाई निसाना बनाउन थालेको समाचार बाहिर आइरहेको बेला मुलुककै प्रतिष्ठित बैंक एनआईसी एसियाको ३० करोड रुपैयाँ ह्याक गरेको रहस्य बाहिर आएको छ ।

लक्ष्मी पूजाको दिन बेलुकि बैंक बन्द गर्दा मुलुकभरकै शाखाको अवस्था दुरुस्त भएको रिपोर्ट सबै शाखा कार्यालयले बैंकका कार्यकारी अधिकृत लक्ष्मण रिसाललाई दिएको भए पनि आइतबार बिहान बैंकको सिस्टम हेर्दा ३० करोड रुपैयाँ नदेखिएपछि बैंकमा खैलाबैला मच्चिएको थियो ।

बैंकले रकमको खोजी गर्ने कामलाई दिइरहेका बेला उक्त रकम अन्तराष्ट्रिय ह्याकरहरूले ह्याक गरेको पत्ता लागेको थियो । बैंकका सूचना प्रविधि विज्ञहरूले ह्याक भएको केही रकम फर्काउन सफल भए पनि अन्य रकम भने ह्याकरहरूले ह्याक गरेर विदेशमा रहेको बैंकमा ट्रान्सफर गरेको आशंका गरिएको छ ।

राष्ट्र बैंकका सहायक प्रवक्ता रोजेन्द्र पण्डितका अनुसार एनआईसी एसिया बैंकको खाताबाट विदेशबाटै रकमान्तर गरेको देखिन्छ । उनले यो विषयमा अध्ययन गर्न टोली पठाइसकिएको र एनआईसी एसिया बैंकसँग कारोबार गर्ने विदेशी बैंकहरूलाई कारोबार नगर्न आग्रह गरेको जानकारी दिए ।
आजको नेपाल समाचारपत्रमा खबर छ ।


प्रतिक्रिया

ताजा खबर

More

कामपा प्रहरी प्रमुख पाण्डेकाे निलम्बन कार्यान्वयन नगर्न अदालतकाे आदेश, काम गर्न दिनु

काठमाडाैं, असार ४ । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....