ज्ञानेन्द्रको इच्छाप्रति दलहरुको चर्को आक्रोस

प्रकाशित मिति: ६ कार्तिक २०७४, सोमबार १२:१५


काठमाडौं, कार्तिक ६ ।
गणतन्त्र र संघियताको कार्यान्वनका लागि भन्दै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदबारी दर्ता गर्ने अघिल्लो दिन राजतन्त्रले फेरी टाउको उठाउने चाहना व्यक्त गरेको छ ।

पुर्वराजा ज्ञानेन्द्र शाहले आफुले देशको जिम्मेबारी लिनु पर्ने अवस्था आएकाले नेतृत्व लिन तयार भएको बताएर राजतन्त्रलाई फेरी सक्रिय गराउने चाहना व्यक्त गरेका हुन् ।

आज कान्छि बहिनीको हातबाट भाइटिका ग्रहण गरेपछि पत्रकारसँगको कुराकानीमा पूर्वराजा शाहले देशलाई आफ्नो नेतृत्वका लागि समय आएको महसुस गरेको बताए ।

तर ज्ञानेन्द्रको चाहनालाई दलका नेताहरुले भने बेमौसमी बाजाको संज्ञा दिएका छन् । पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले ज्ञानेन्द्रका यस्ता अभिव्यक्त बेला बेलामा आउने र आफै हराउने भएकाले धेरै महत्व दिनु र तर्सिनु पर्ने आवश्यकता नरहेको बताए । उनले ज्ञानेन्द्रको अभिव्यक्तीलाई इतिहासको धङंधगी भएको टिप्पणी गरेका छन् ।
सरकारको नेतृत्व गरेको नेपाली काँग्रेस पनि पुर्वराजाको अभिव्यक्तिलाई असान्दर्भीक भनेको छ । दलहरु असफल नभएको र जनताबाट चुनीने परिपाठीको विकल्प नभएको भन्दै काँग्रेस नेता डा. प्रकाशसरण महतले जनताबाट निर्वाचित हुन सुझाव दिए ।

राप्रपाका नेताको भनाई पनि काँग्रेस नेता महतसँग मिल्दोजुल्दो नै रहेको छ । जनताले नै चाहेमा स्विकार्नु पर्ने बताउँदै राप्रपा नेता बुद्धिमान तामाङले लोकतन्त्रमा जस्लेपनि बोल्न पाउने भएकाले पुर्वराजा ज्ञानेन्द्रले बोल्नुलाई स्वभाविक मान्नु पर्ने बताए ।

दलहरुप्रति वितृष्णा बढीरहेका बेला पुर्वराजाका यस्ता अभिव्यक्तिले जनतालाई पुर्न्विचार गर्न बाध्य नपार्ला भन्न सकिन्न । त्यसैले आफुहरूको विकल्पमा अर्को शक्ति पनि छ भन्ने बुझेर नेताहरूले राजनीतिक विक्रिती घटाउदै लैजाने तर्फ तत्काल संवेदनशिल हुन जरुरी छ ।


प्रतिक्रिया

ताजा खबर

More

कामपा प्रहरी प्रमुख पाण्डेकाे निलम्बन कार्यान्वयन नगर्न अदालतकाे आदेश, काम गर्न दिनु

काठमाडाैं, असार ४ । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....