उपप्रम गच्छदारको आग्रह ‘प्रजातन्त्रवादी पक्षधरहरू एक हुनुस्’

प्रकाशित मिति: ७ कार्तिक २०७४, मंगलवार ०६:३०


काठमाडौं, कार्तिक ७ ।
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सम्पूर्ण प्रजातन्त्रवादी पक्षधर एक भएर लोकतन्त्र रक्षाका लागि ऊर्जाशील भएर एकीकृत बन्न आवश्यक रहेकोमा जोड दिएका छन् ।

कांग्रेस सुनसरीले जिल्ला सदरमुकाम इनरुवामा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेतासमेत रहेका उनले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै संविधान कार्यान्वयनका लागि एक जुट भएर आगामी निर्वाचनमा प्रजातन्त्रवादीको जित निकाल्न कार्यकर्ताहरूलाई आग्रह गरे ।

अर्का नेता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र बाणिज्यमन्त्री मीन विश्वकर्माले मुलुकलाई आर्थिक र सांस्कृतिक रूपमा समृद्ध मुलुक बनाउने महत्वपूर्ण अभिभारा कांग्रेसले निर्वाह गर्दै आएको बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य गुरुराज घिमिरे, पूर्वमन्त्री सीताराम मेहता, सुनसरीका सभापति राजीव कोइरालालगायतले आगामी संघ र प्रदेशको निर्वाचनमा प्रजातन्त्रवादीले जित निकाल्न आवश्यक रहेकोमा जोड दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंबाट जाँदै गरेको बस दुर्घटना, ४ घाइते, चालक फरार

काठमाडाैं, असार ४ । काठमाडौंबाट सोलुखुम्बुतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटना.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....