आचारसंहिता सबै राजनीतिक दल र उम्मेदवारले पूर्णपालना गर्नुपर्ने

प्रकाशित मिति: ७ कार्तिक २०७४, मंगलवार १४:०९


विराटनगर, कार्तिक ७ ।
आगामी मंसिर १० र २१ गते हुुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वतयारीका सम्बन्धमा आज सर्वदलीय भेला आयोजना गरिएको छ ।

निर्वाचन आयोग क्षेत्रीय कार्यालय विराटनगरद्वारा आयोजित कार्यक्रममा निर्वाचन व्यवस्थित, भयरहित र निष्पक्ष वातवरणमा सम्पन्न गर्ने विषयमा सरोकार भएकाहरूबीच छलफल भएको थियो ।

भेलामा आचारसंहिता पालना, मतदान केन्द्र, मतदाता शिक्षा तथा राजनीतिक दलले पालना गर्नुपर्ने आचारसंहिता एवं निर्वाचनसम्बन्धी गतिविधिका विषयमा छलफल भएको थियो ।

मोरङका प्रजिअ रामप्रसाद आर्चायले निर्वाचन भयरहित एवं निष्पक्ष बनाउन चार वटै सुुरक्षा निकायलाई परिचालन गरिएको बताए । मोरङका मुुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश राजुुकुुमार खतिवडाले निर्वाचन आचारसंहिता सबै राजनीतिक दल र उम्मेदवारले पूर्णपालना गर्नुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समितिका प्रमुुख नरेश पोखरेलले संघीय निर्वाचनलाई सफल बनाए मात्र संविधान कार्यान्वयन हुने बताए ।

भेलामा राजनीतिक दलका नेताले आचारसंहिता कार्यान्वयनमा निर्वाचन कार्यालयको ध्यान दिनुपर्ने बताउँदै स्थानीय निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएकाले यसतर्फ विशेष ध्यान पुु¥याउन निर्वाचन कार्यालयलाई आग्रह गरेका थिए ।

आयोगका क्षेत्रीय निर्वाचन अधिकृत प्रेमप्रसाद सञ्जेलले निर्वाचनको तयारीका बारेमा जानकारी दिएको थियो । मोरङ जिल्लामा नेपालकै सबैभन्दा बढी छ लाख ४४ हजार सात सय ८२ मतदाता रहेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंबाट जाँदै गरेको बस दुर्घटना, ४ घाइते, चालक फरार

काठमाडाैं, असार ४ । काठमाडौंबाट सोलुखुम्बुतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटना.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....