निर्वाचनसम्बन्धी सकारात्मक समाचार सम्प्रेषण गर्न आग्रह : आयुक्त इला शर्मा

प्रकाशित मिति: ७ कार्तिक २०७४, मंगलवार १४:४२


काठमाडौं, कार्तिक ७ ।
निर्वाचन आयुक्त इला शर्माले स्वच्छ र सत्यतथ्य समाचार सम्प्रेषणबाटै लोकतन्त्र संस्थागत हुने भएकाले निर्वाचनसम्बन्धी समाचार जिम्मेवारीपूर्वक सम्प्रेषण गर्न आग्रह गरेको छ ।

राजधानीबाट प्रकाशन तथा प्रसारण हुने राष्ट्रिय सञ्चार माध्मममा निर्वाचन विषयमा कार्यरत सञ्चारकर्मीका लागि सञ्चालित ‘निर्वाचन र सञ्चार’ विषयको प्रशिक्षणको उद्घाटन गर्दै उनले नेपालमा व्यावसायिक पत्रकारिताको विकास भइरहेको हँुदा निर्वाचनको संवेदन शीलताबारे पत्रकारलाई पर्याप्त ज्ञान रहेको महसुस आयोगले गरेको बताए ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र मर्यादित तरिकाले सम्पन्न गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले आयोगले विभिन्न तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दैआएको छ ।

सो अवसरमा आयुक्त नरेन्द्र दाहालले जनमत निर्माण तथा मतदातालाई सुसूचित गर्ने काममा सञ्चारमाध्यमबाट सकारात्मक सन्देश दिने समाचार सम्प्रेषण हुन आवश्यक रहेको बताए ।

आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले जिम्मेवारीबोधका साथ सत्य र तथ्यमा आधारित निर्वाचनमैत्री सूचना निष्पक्ष रूपमा सम्पेषण गर्न सहभागी पत्रकारलाई आह्वान गरे । उनले भने, आगामी निर्वाचनलाई पनि सहज तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि निरन्तररूपमा सूचना सम्प्रेषण गरी राजनीतिक दललाई सजग गराउन र मतदातालाई सुसूचित गर्न आवश्यक छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले स्थानीय तहको निर्वाचनमा जस्तै आगामी निर्वाचनमा पनि स्वस्थ र मर्यादित ढंगले निर्वाचनसम्बन्धी सूचना संकलन र सम्प्रेषण गर्न सम्पूर्ण सञ्चारमाध्यम तयार रहेको बताए ।

आयोगका प्रवक्ता नवराज ढकालले प्रशिक्षणको उद्देश्यमाथि प्रकाश पाएको उक्त प्रशिक्षणमा निर्वाचन विषयमा कार्यरत पत्रकारमध्ये ६० जना पत्रकारको सहभागिता छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंबाट जाँदै गरेको बस दुर्घटना, ४ घाइते, चालक फरार

काठमाडाैं, असार ४ । काठमाडौंबाट सोलुखुम्बुतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटना.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....