आरआरमा स्ववियु निर्वाचन गर्न सर्वोच्चको अन्तरिम आदेश

प्रकाशित मिति: २ चैत्र २०७३, बुधबार १९:०४


काठमाडौं, चैत्र २ ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्ववियु चुनाव गर्नका लागि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एक इजलासले चुनाव गर्न सो आदेश दिएको हो ।

आरआरमा अनेरास्ववियुकातर्फबाट अध्यक्षका प्रत्यासी तपेन्द्रबहादुर शाहीले चुनावको माग गर्दै रिट दायर गरेका हुन् । रिट निवेदनमा राधिका खतिवडा, हरि फुँयाल, रमेश बडाल, महेश बर्तौला, टीकाबहादुर कुँवर र आर्जु कार्कीले बहस गरेका थिए ।

रिट परेको १० दिनपछि सर्वोच्चले आज चुनाव गर्न अन्तरिम आदेश दिएको हो । गत फागुन १८ गते त्रिविले तोकेको मितिमा स्ववियु चुनाव नभएपछि फागुन २३ गते चुनाव गर्ने मिति आरआर क्याम्पसले तोकेको थियो । तर, स्थानीय तह निर्वाचन आचार–संहिताअनुसार निर्वाचन हुन नसक्ने भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले निर्वाचन नगर्न आदेश दिएपछि स्ववियु निर्वाचन स्थगित हुन पुगेको हो ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....