चिसो बढ्यो, जोमसोममा चार डिग्री

काठमाडौं, कार्तिक ८ ।
उत्तर पश्चिमी वायुको सक्रियताले राजधानी काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा चिसो बढेको छ ।
मनसुन सिजन सकिएको र उत्तर पश्चिमी वायुको प्रभावले चिसो बढेको वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिएका छन् ।
उनले उत्तर पश्चिमी वायु भारतको जम्बुकास्मिरबाट हिमाली क्षेत्र हँुदै आएकोले अर्कोतर्फ रातमा आकाश खुला भई पृथ्वीको सतह चिसिएकाले एक्कासी तापक्रम घटेको बताए ।
चिसो बढेसँगै काठमाडौँमा एक्कासी तापक्रम घटेको छ । सोमबार देखि १५.५ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम मंगलबार घटेर ११.४ डिग्रीमा पुगेको थियो ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम ११.४ र अधिकतम २६.४ डिग्री सेल्सियस रहने छ । सबैभन्दा कम जोमसोममा चार र सबैभन्दा बढी जनकपुरमा २१ डिग्री सेल्सियस रहेको छ ।
प्रतिक्रिया